मोटरसाइकललाई ठक्कर दिएपछि बत्ताउँदै पल्टियो बस : १ को मृत्यु, ४१ घाइते,

चौतारा, १८ असार । चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गत चौतारा बन्देउ सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् ।


दुर्घटनामा गम्भीर घाइते सोही नपाको वडा नं १३ निवासी पाँच वर्षीया बालिका सुजाता नेपालीको धुलिखेलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

घाइते ४१ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सो नगरपालिका–१३ को ठूलोसिरुबारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रुबसले विपरीत दिशाबाट आएको बा६४प ३०२६ नंको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल पल्टिएको थियो । मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

दीपकराज गिरी पनि बने सम्धी भित्र्याए दीपकले बुहारी

काठमाडौँ । चर्चित हास्य कलाकार दीपकराज गिरीका जेठो छोराको बिहे भएको छ।दीपकराजका जेठा छोरा दीपेश गिरीले कीर्तिपुर निवासी मीरा ज्ञवाली सँग प्रेम बिहे गरेका हुन् ।



शनिबार राजधानीको एक ब्यांक्वेटमा केहि आफन्त र केहि कलाकर्मीको मात्र उपस्थितिका बीच बिहे सम्पन्न भएको थियो । प्राय सामाजिक सञ्जालमा सक्रिय रहने गिरीले छोराको बिहेको खबर भने गोप्य राखेका थिए ।

दुबइमा नेपाली र बङ्गाली बिच भिडान्त एक नेपालीको मृत्यु ६ पक्राउ

यूएईको शारजाहमा बंगलादेशी र नेपालीबीच भएको झगडामा एक नेपालीको मृत्यु भएको छ ।नोभेम्बर ७ शुक्रबारकादिन नेपालीहरू र बंगलादेशीहरूबीच शारजाहको औद्योगिक क्षेत्र नं। १ मा भएको झगडामा कुटाकुट भएपिछ स्याङ्गजा जिल्ला आरुखर्क घर भएका सुरज खवासको मृत्यु भएको हो ।


मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेशारजाहकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।

सिन्धुपाल्चोक पोखरेवेंसीमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते, ४ गम्भीर

चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीबाट काठमाडौं जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग जुध्दा २ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर र ३० सामान्य घाइते छन् । ठूलोसिरुबारीकी गम्भीर घाइते मनकुमारी थापा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मृतकको सनाखत हुन सकेको छैन ।

बा २ ख २७०२ नम्बरको चालीस यात्रु बोकेको बस बन्देउ चौतारा सडकखण्डको पोखरेबेसीमा बा ६४ प ३०२६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । एकले अर्कोलाई उछिन्ने होडबाजीमा आइरहेको यात्रु बस र बाइक दुर्घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरी जवान केदार तिवारीले बताए । दुर्घटना भएलगत्तै उद्धार गरी गम्भीर घाइते भएकाहरुलाई तत्काल धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘सामान्य घाइतेलाई जिल्ला अस्पताल ल्याइएको छ ,’ प्रहरी उपरीक्षक रवीन्द्र केसीले भने,‘घाइतेको परिचयबारे पूरा विवरण भने आइसकेको छैन ।’

विदेशबाट ठूलाे T.V ल्याउदा कति भन्सार तिर्नु पर्ने ..पुरा पढ्नुहोस

विमानस्थलमा पुग्दा विदेशबाट दसैं मनाउन स्वदेश आउने धेरै नेपालीहरुका साथमा ठूलो सुटकेश ब्यागसहित एलइडी टेलिभिजन देखिन्थ्यो । पछिल्लो समय वैदेशिक रोजगारीबाट घर फर्किंदा आफुलाई मनपर्ने टीभी बोकेर आउनेहरुकाे संख्या बढ्न थालेकाे छ ।


सरकारले वैदेशिक रोजगारीमा गएकालाई ३२ इञ्चसम्मको टिभी ल्याउँदा भन्सार तिर्न नपर्ने व्यवस्था गरेपछि धेरैजसोले फर्किंदा टिभी ल्याउन थालेका हुन् । तर, भन्सार छुटमा टिभी ल्याउन रोजगारीमा गएको प्रमाणपत्र पेश गर्नुपर्ने भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए । ‘विदेशबाट फर्किने सबैलाई टिभीमा भन्सार छुट दिइँदैन, विदेशमा रोजगारी गर्न गएकाले मात्र यस्तो छुट सुविधा पाउँछन्’ महानिर्देशक ढुंगानाले भने- ‘छुट प्राप्त गर्नका लागि वैदेशिक रोजगारीमा गएको एक वर्ष पूरा भएको हुनुपर्छ ।’ बैदेशिक राेजगारीमा गएकाहरूले ३२ इञ्चसम्मकाे टीभी ल्याउँदा शुल्क नलागे पनि साेभन्दा ठूलाे टीभी बाेकेर अाउने नेपाली कामदारहरूसँग सरकारले ढाड सेकिने गरी कर उठाउने गरेकाे छ । सरकारले वैदेशिक रोजगारीमा गएकालाई राहतस्वरुप ३२ इञ्चसम्मको टिभी ल्याउँदा भन्सार छुट दिन थालेको हो । यसरी टीभी बोकेर आउनेहरुमा अधिकांश मलेसिया, कोरिया तथा खाडी मुलुकमा गएका कामदारहरु हुने गरेको महानिर्देशक ढुंगानाले बताए । उनका अनुसार विदेशबाट ३२ इञ्चको टिभी ल्याउने बढी हुन्छन् । कतिपयले ६५ इञ्चसम्मका पनि टिभी ल्याउने गर्छन् । ६५ इञ्चको टिभी नेपालमा ल्याउँदा ३५ हजार ७५० रुपैयाँ भन्सार बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा गएर एक वर्ष पूरा नहुँदै फर्किने कामदारले पनि भन्सार छुट नपाउने ढुंगाना बताउँछन् । उनका अनुसार विदेशमा पढ्न गएका वा उतै बसोबास गर्नेहरुले पनि यस्तो छुट पाउँदैनन् । TV (10) सरकारले ३२ इञ्चसम्मको टिभीमा मात्र भन्सार छुट दिन्छ । तर, त्योभन्दा माथिको टीभी ल्याउँदा कामदारले पनि प्रतिइञ्च ५५० रुपैयाँको दरले भन्सार बुझाउनुपर्ने महानिर्देशक ढुंगानाले जानकारी दिए । पढाइ तथा अन्य कामको शिलशिलामा विदेश गएका नेपालीले टीभी ल्याउँदा सबै साइजमा प्रतिइञ्च ५५० रुपैयाँ बुझाउनुपर्छ । अन्य शिलशिलामा विदेश गएका नेपालीले ३२ इञ्च भन्दा ठूलाे टेलिभिजन ल्याउँदा सरकारलार्इ १७ हजार ६ सय रुपैयाँ भन्सार बुझाउनुपर्छ