ढाडखर्कमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
द्वन्द्वकालको समयमा लुकाएर पुरिएको अवस्थामा फेला परेको प्रेसर कुकर बमलाई शनिबार नेपाली सेना विष्णु दल गण धुलिखेलको बम डिस्पोजल टोलीले डिस्पोज गरेको नेपाली सेनाका कर्नेल रामहरी केसीले जानकारी दिनुभयो।
पाँच लिटरको कुकरमा रहेको प्रेसर कुकर बम द्वन्द्वको समयमा तत्कालीन माओवादीले लुकाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनराज राईले बताउनुभयो।
उहाँका अनुसार स्थानीयले शुक्रबार शंकास्पद बस्तु फेला परेको भन्ने जानकारी प्रहरीलाई दिएपछि प्रहरीको टोली पुगेको थियो।