तेस्रो विश्वयुद्धको संकेत, ३ बमले मात्रै विश्वलाई ध्वस्त पार्ने उत्तर कोरियाको धम्की


उत्तर कोरीयाले तेस्रो विश्वयुद्धको विउ रोप्न लागेको संकेत दिएको छ। तानाशाही नेता किम जोङको धम्कीले यस्तो कुराको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

उत्तर कोरियाले चाहेमा तीन बलमे मात्रै विश्वलाई खतम बनाउन सक्ने धम्की जोङका नजिकका व्यक्ति काओ डि बेनोले दिएका हुन्। स्पेनको एक समाचार वेबसाइटमा दिएको एक अन्तर्वातामा उनले उत्तर कोरियालाई छुन कसैले नसक्ने बताएका छन्। उनले भनेका छन्, यदी कसैले उत्तरकोरियालाई चलाउ खोज्छ भने बन्दुक र मिसाइलले आफ्नो रक्षा गर्दा हुन्छ। किनकी हामीसँग शक्तिशाली परमाणु बम छन्, ती तीन बमले मात्रै विश्व खतम हुन सक्छ।

उनले भनेका छन् की, उत्तर कोरिया एक आदर्श राज्य हो जहाँका व्यक्तिहरु इज्जतका साथ सुरक्षित जीवन जिउन चाहान्छन्। हाम्रो देशमा कुनै पनि व्यक्ति सडकमा पुग्नु परेको छैन्। सबै जना आपसी सहयोगका साथ बाँचेका छन्। किम जोङले मानवअधिकार उल्लङ्घन गरेको भन्ने आरोप समेत झुटो भएको उनको जिकिर थियो।