डेढ महिनाको अवधिमा सडक दुर्घटनामा, कार्यस्थलमा र हृदयाघात भई कतारमा १३ जना नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार मृत्यु हुनेमा सुनसरीका दुर्गादास भट्टराई, सिरहाका सन्तबहादुर स्याङतान, सोलुखुम्बुका शंकर तामाङ, अर्घाखाँचीका श्रीधर परियार, रूपन्देहीका इसलाम पहाखिर, मोहत्तरीका रहमेत सेख, कपिलवस्तुका ज्ञानप्रकाश यादव छन्।






