कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला।कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिकसम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारीभन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणात्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएकोझिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्यो। एक सातामै श्रीमान्लेश्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’






