बलात्कारपछि हत्या भएको आशंका
जनकपुरधाम : जनकपुरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
सधैंजसो ब्यस्त रहने जनकपुर नगरको रामचोकमा बिहीबार विहान सडकमै महिलाको अर्धनग्न शव फालिएको देखेपछि सर्वसाधारणले प्रहरीलाई जानकारी गराएका थिए ।
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिए पनि पोष्टमार्टमपछि निष्कर्श निकाल्न सकिने धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।
शवलाई प्रहरीले परीक्षणको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ । तर शवको हालसम्म सनाखत हुन सकेको छैन ।
शव भेटिएपछि कोही पनि खोजी गर्न नआएको उपरीक्षक थापाले बताए । हाल उनको अञ्चल अस्पतालमै राखिएको छ ।