काठमाडौं, १५ वैशाख । २०७२ सालको भूकम्पको पीडा भुल्न नपाउँदै बीबीसीले नेपालमा फेरि ठूलो भूकम्प जानसक्ने सक्ने रिपोर्ट तयार सार्वजनिक गरेको छ ।
बिहीबार साँझ बिबिसी नेपाली सेवाले तयार गरेको रिपोर्टअनुसार सन् २०१६ देखि २०३० सम्ममा झण्डै ८.६रेक्टर स्केलसम्मको भूकम्प जान सक्ने सम्भावना छ । सो भूकम्पको कारण झण्डै ५० हजारको ज्यान जाने र अहिलेकै संरचनामा झण्डै पौने ३ लाख घरहरु ध्वस्त हुने बताइएको छ ।
लामो समयदेखि भूकम्प नगएको र २०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको रिपोर्टमा उल्लेख छ । यो शक्तिशाली भूकम्प सुदुर र मध्यपश्चिम नेपालमा जानसक्ने बीबीसीको रिपोर्टमा उल्लेख छ ।
यो भूकम्पले काठमाडौंलाई भने ठूलो असर नगर्ने बताइएको छ । तर, ७ दशमलव ८ रेक्टरको भूकम्प पश्चिम नेपाल र मध्ये नेपालमा आएमा मात्र पनि राजधानीमा धेरै क्षति हुने बताइएको छ ।