.भखरै सिरियामा हवाई आक्रमणमा कम्तीमा ३५१ सर्वसाधारणको मृत्यु पुरा समाचार पद्नुहोस


वासिङटन । इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ । सिरिया र इराकमा भएका तीे हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्मको रहेका छन् । सो समयमा आइएस लडाकूविरुद्ध जारी रहेका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्याङ्क आइतबार सार्वजनिक गरिएको थियो ।

पेन्टागनकाअनुसार सन् २०१६ नाभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्ध जारी रहेको हवाई आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो । लन्डनआवद्ध एम्नेस्टि इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्धारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तीमा ३ सय सर्वासाधारणको मृत्यु भएको थियो । रासस ÷सिन्ह्वा