गोली लागेर मरेका व्यक्तिको अन्त्यष्टीको लागि भएको शवयात्राका क्रममा बम हमला हुँदा कम्तिमा ६ जनाको मृत्यु


काबुुल। अफगानिस्तानमा गोली लागेर मरेका व्यक्तिको अन्त्यष्टीको लागि भएको शवयात्राका क्रममा बम हमला हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाको शवयात्रामा उक्त घटना भएको बताइएको छ।

बुधबार भएको शक्तिशाली कार बम हमलामा परी ९० जनाको ज्यान गएको थियो । त्यही घटनालाई लिएर सुरक्षा व्यवस्था कमजोर भएको भन्दै शुक्रबार प्रदर्शन भएको थियो । उक्त प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु भएको थिये । पाँच जनामध्ये १ जनाको शवयात्राका क्रममा फेरी बम बिष्फोट भएको हो ।

शवयात्राका क्रमममा कम्तीमा तीन वटा बम बिष्फोट भएको थियो । अफगानिस्तानमा प्रायजसो हुने बम बिष्फोटका घटनाले त्यहाँको देनिकी अत्यन्तै कष्टकर बन्दै गएको बताइन्छ ।