ताजा खबर काठमाडौँ । मलेशियाको जोहोर बाहरु स्थित चर्चित एक आटा प्लास्टिक कम्पनीमा कार्यरत ३१५ जना विदेशी कामदारहरुलाई शनिबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २० जना महिलाहरु पनि रहेको मलेसियाको चर्चित अनलाइन मेट्रोले उल्लेख गरेको छ । मेट्रोका अनुसार मलेसियन सरकारको जोहर अध्यागमन विभागले शनिबार आटा कम्पनीको ३ वटा ब्रान्च ( ATA “A1” , “C1” र “S5”) मा छापा मारेर ६८० कामदारहरुलाई नियन्त्रणमा लिएको र ३१५ जनालाई पक्राउ गरेको बताइएको छ ।
जसमध्ये नेपाली, बंगाली, म्यानमार र भारतीय नागरिकहरु पनि रहेको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समय विदेशी कामदारहरुलाई मलेसिया असुरक्षित मानिदै आएका बेला विभागले आकस्मिक रुपमा शनिबार छड्के जाँच गरेर ओर्क पर्मिट भिसा सकिएका, कार्ड रिन्यू नगरिएका कामदारहरुलाई नियन्त्रणमा लिएको क्षेत्रिय अध्यागमनका निर्देशक दातुक रोहाइजी बहारीले मेट्रो अनलाईसँगको कुराकानीमा उल्लेख गरेका छन् । मलेसिया स्थित नेपाली दुतावासले कति नेपाली पक्राउ परे भन्नै विषयमा अहिलेसम्म केही पनि उल्लेख गरेको छैन ।