आफैले बोकेको बम विष्फोट हुँदा कार्यकर्ताको ज्यान गयो :


धनगढी । बम विष्फोट गराउन हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफैले बोकेको बम विष्फोट हुँदा ज्यान गुमाउनु परेको छ। 

बम विष्फोटमा धनगढी १२ जुगेडाका चन्द बहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रहरीका अनुसार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता सिंहको सोमबार बेलुकी एक होटल नजिकै पुगेका बेला आफैले बोकेको बम पड्किएर ज्यान गएको हो। 

बम पड्किएर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। 

विप्लवका कार्यकर्ताले होटल नजिकै रहेको खानेपानी डिभिजनको कार्यालयमा बम विस्फोट गराउने योजना गराएको थियो।