कक्षा ११ को परीक्षा दिन जादैँ गरेको विद्यार्थी बाटोमा बेहोस्


जुम्ला : जनता मावि परीक्षा केन्द्रमा परीक्षा दिन जादैँ गर्दा एक जना छात्रा बाटोमा बेहोस भएकी छिन् ।  कालिका मावि बुअ कक्षा ११ मा अध्ययनरत १७ वर्षीय क्षात्रा अनिता बम परीक्षा दिन जाने क्रममा बाटोमै बेहोस भएकी हुन् ।  उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्थानमा लगिए पनि अझै होस आइसकेको छैन ।