मलेसियाबाट २८ नेपाली स्वदेश फिर्ता


काठमाडौ: मलेसियाको पिनाङगस्थित घरफिर्ति केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई क्वालालामपुरस्थित नेपाली राजदूतावासले स्वदेश फर्काएको छ ।
हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका २८ नेपालीलाई नेपाल पठाइएको दूतावासले जनाएको छ । नेपाली दूतावासको टोलीले एक साता अघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।
दूतावासका अनुसार क्वालालम्पुरमा अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहनेछ ।