हेटौंडा : मकवानपुर प्रहरीले २६ लाख २२ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटेबाट मंगलबार भारत हरदिया, रक्सौल १६ का १८ वर्षीय मनिष कुमारलाई पाँच सय ५२ ग्राम अवैध सुनसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी बसन्त कुमार लामाले जानकारी दिनुभयो। काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५०१३ नम्बरको बस चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको लामाले जानकारी दिनुभयो । आवश्यक कारबाहीको लागि अबैध सुन सहित कुमारलाई राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया पठाइको मकवानपुर प्रहरीले जनाएको छ






