काठमाडौँ । वर्षायाम सुरु भएसँगै दुर्घटनाको दर पनि दिनानुदिन बढीरहेका छन् । मुग्लिगं नारायणगढ सडकखण्ड लगायतका क्षेत्रमा दुर्घटनाको दर ह्वात्तै बढेका बेला काठमाडौँ उपत्यकामा पनि भयानक दुर्घटना भइरहेका छन् । यसैबिच भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ एसओएस चोक नजिकै हिजो बेलुकी रोकी राखेको ट्रिफर मुनी स्कुटर छिर्दा २ जना घाईते भएका छन् । यो घटना गएरातीको हो ।
गएराती काठमाडौंबाट भक्तपुर जाने लेनमा रोकी राखेको बा४ख ३९१ नम्बरको ट्रिफरको मुनि बा८३प ९८४५ नम्बरको स्कुटर छिरेको थियो । प्रहरीका अनुसार घाईते हुनेमा स्कुटर चालक २८ बर्षीय योगेन्द्र लामिछाने र पछाडी सवार बानेश्वर बस्ने २८ बर्षीय मनोज अधिकारी रहेका छन् ।
घाईते दुवैको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । घाईते मध्ये चालक लामिछानेको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।