वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपाली कामदारको आम्दानी घट्ने भएको छ। देशको अर्थतन्त्र धरासयी हुने अवस्था साउदीले आप्रवासी कामदारसँग मासिक सय रियाल उठाउन लागेको हो। विश्व बजारमा लामो समयदेखि तेलको मूल्यमा गिरावट आउँदा साउदीको अर्थतन्त्र खस्किदै गएको छ।
अर्थतन्त्र सुधारका लागि साउदीले आउँदो महिनादेखि नयाँ नीति लागू गर्न लागेको हो। साउदीको यो निर्णयले सात लाखभन्दा बढी नेपाली कामदारलाई प्रत्यक्ष असर पार्नेछ। नेपाली कामदारका लागि अहिले साउदी अरब दोस्रो गन्तव्य मुलुक हो।
वार्षिक एक लाखको हाराहारीमा नेपाली रोगजारीका लागि साउदी जाने गरेका छन्। उनीहरुले सामान्य मासिक ८ सयदेखि २ हजार रियालसम्म पारिश्रमिक पाउने गरेका छन्।
गल्फ न्यूजका अनुसार आगामी महिनादेखि लागू हुसने नियम वार्षिक रुपमा परिवर्तन हुँदै २०२० सम्ममा मासिक ४ सय पुर्याउने सरकारको लक्ष्य रहेको छ। योसँगै साउदीमा रहेका नेपालीले त्यहाँ रहेका आफन्तको समेत लेबी वापत मासिक सय रियाल तिर्नु पर्ने देखिएको छ।






