प्युठान– प्युठानको सरुमारानी गाउँपालिका ३ की २७ वर्षीया एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।
पीडित युवतीले सामुहिक बलात्कार गर्नेविरुद्ध किटानी जाहेरी दिएकी छन् । स्थानीय गनबहादुर गुरुङ, युगबहादुर गुरुङ र मंगलसिङ गुरुङ्ले बलात्कार गरेको पीडित युवतिले बताएकी छन् ।
आफूमाथि दिनहुँ जबरजस्ती हुन थालेपछि पीडितले कामको सिलसिलामा भारत रहेका आफ्ना श्रीमानलाई फोन गरी जानकारी दिएपछि घट्ना सार्वजनिक भएको हो । गत जेठ १५ गते रातको नौ दस बजेको समयमा पानी खाने निहुँमा घरभित्र पसेर तीनै जना युवाले पालैपालो बलात्कार गरेको पीडितले बताएकी छन् ।
पीडितले उजुरी गरेपछि बलात्कारका आरोपी गनबहादुरलाई पक्राउ गरी बुधवार जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको प्रहरी इन्सपेक्टर बद्री ढकालले जानकारी दिए । बलात्कारका संलग्न अन्य दुई जना घटनापछि फरार छन् ।
पीडित युवतीले नजिकको अस्थायी प्रहरी कार्यालय बड्डडाँडामा मंगलबार किटानी जाहेरी दिएकी थिइन । अभियुक्तहरुले घट्ना बाहिर ल्याएमा ज्यान मार्ने धम्की समेत युवतीलाई दिँदै पाँच दिन लगातार बलात्कार गर्दै अएको पीडितको भनाइ छ ।