काडमाडौँ । नेपाल र भारतबिच भएको मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ६०औँ मिनेटमा भारतले नेपालका बिरुद्ध पहिलो गोल गर्न सफल भएको छ ।
पहिलो गोल गरेसँगै नेपाललाई दबाबमा राखेको भारतले २ गोल गरेपछि नेपाल निकै दबाबमा परेको छ । एएफसी एसियन कपको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण फुटबल खेलेका हुन् ।
खेल मुम्बइको अँधेरी स्पोर्टस कम्प्लेक्समा भइरहेको छ । फिफा वरियतामा नेपाल भन्दा ६९ स्थान माथि रहेको भारतसँग हुने खेल नेपालको लागि निकै महत्वपूर्ण मानिएको छ । भारतले पहिलो गोल गर्दा अब केही समय मात्रै बाँकी रहेकाले के हुन्छ भन्ने कौतुहलता बढ्दै गएको छ ।