गत २९ मे मा अटो चढेर छोरीसँग घर फर्कीदै गरेकी १९ वर्षीय एक महिलाको बाटोमै सामुहिक बलात्कार भयो। बीच बाटोमै बलात्कारको शिकार भएकी ती महिला ३० मे मा बिहानै आफ्नी आठ महिने छोरीको शव लिएर दिल्ली मेट्रोमा यात्रा गरिन्। अंग्रेजी पत्रिका टाइम्स अफ इण्डियाले यो खबर छापेको छ।
पीडित महिलाका अनुसार उक्त घटनाअघि उनी आफ्नी आठ महिने छोरीका साथ एक अटोमा बसेकी थिइन्। उसै अटोका ड्राइवर र उसका छोराले उनीमाथि बलात्कार गरे। त्यसपछि उनकी छोरीलाई सडकमा फ्यालेर त्यहाँबाट फरार भए।
रातको दुई बजेपछि महिलाको होस खुल्यो र उनले आफ्नी छोरीलाई काखमा लिइन्। विहानको प्रतिक्षापछि ती महिला आफ्नी छोरीलाई लिएर अटोमा एक आफन्त कहाँ पुगिन्। त्यहाँका एक डाक्टरले छोरीको मृत्यु भएको खबर सुनाए। तर उनलाई त्यो कुरा पत्यार लागेन। त्यसपछि उनी आफ्नो ससुराका साथ आफ्नो माइती पुगिन्। त्यहाँबाट उनी मेट्रोमा त्यहाँको एक डाक्टर कहाँ गइन्। ती डाक्टरले छोरीको मृत्यु भएको पुष्टी गरे।