साउदी अरबले लगायो अलजजिरा च्यानलमाथि प्रतिबन्ध


साउदी अरब । पछिल्लो समय विभिन्न ६ देशले कतारसँगको सम्बन्ध विच्छेद गरेपछि मध्यपूर्वी मूलकहरुमा संकट चुलिँदै गएको छ । शुक्रबार मात्र साउदी अरबले आफ्ना होटलहरुमा कतारबाट प्रसारण हुने अलजजिरा टेलिभिजनमाथि प्रतिबन्त्र लगाउन सुरु गरेको छ ।

साउदी अरबको पर्यटन तथा राष्ट्रिय सम्पदा आयोगले शुक्रबार एक वक्तव्य जारी गर्दै अलजजिरा मिडिया नेटवर्कसहित धार्मिक, राजनितिक तथा नैतिकता उल्लंघन गर्ने सबै च्यानललाई हटाउन सम्बन्धित सबै निकायलाइ निर्देशन दिएको बताइएको छ ।

साउदी अरबले सबै पर्यटकीय सुविधाको लागि टिभी च्यानल कम्पनीले उपयुक्त च्यानलमात्र प्रसारण गर्नुपर्ने बताएको छ ।

वक्तव्यमा जारी गरिएको निर्देशनविपरीत अलजजिरा च्यानल प्रसारण गर्ने जोकोहीलाई १ लाख साउदी रियाल जरिवाना वा लाइसेन्स खारेज वा दुबै सजायँ हुने बताइएको छ ।