कुवेत आएको १२ दिनमै जौमतीले गरिन आत्महत्या


कुवेत - घरेलु कामदारको रुपमा कुवेत आएकी जौमती दमाईले आत्महत्या गरेकी छिन् । घरेलु कामदारको रुपमा कुवेत आएकी बर्दियाकी जौमती दमाईले  १२ दिनमै झुण्डीयर आत्महत्या गरेकी हुन् । 
नेपाली राजदुतावास कुवेतका दितिय सचिब भोगेन्द्र लिङ्देनका अनुसार जौमती गत मेई २७-२०१७ का दिन कुवेत भित्रिएको उनको रेकर्डमा देखिएको छ भने उनको राहदानी नम्बर  ०८३९६६१६ रहेको छ । 
उनले आफु कार्यरत कुवेतको जबर अल अली भन्ने स्थानमा गत जुन ९ तारिक झुन्डिएर आमहत्या गरेको कुवेत प्रहरीले बताएको लिङ्देनले बताए । 
 जौमतीको स्पोन्सरलाई दुताबासले सम्पर्क गर्न प्रयास भैरहेको र मृतक जौमतीको सब फर्वानियाको
शब गृहमा राखिएको छ।जौमायाको परिवार संग संपर्क गर्न पनि दुताबासले प्रयास गरिरहेको छ।