मुम्बइ। टिभि सिरियलकी सबैभन्दा सफल प्रोड्युसर एकता कपुरले ४२ वर्षको उमेरसम्म बिहे गरेकी छैनन्। उनले यति उमेर हुँदासम्म पनि किन बिहे गरिनन् त ? यसको जवाफ उनले एक अन्तरवार्तामा दिएकी छिन्।
उनका भाइ तुषार कपुर पिता बनिसकेको अवस्थामा उनलाई आमा बन्न मन लाग्दैन भन्ने प्रश्नमा उनले आफूलाई आमा बन्न मन लागेको तर बिहे गर्न मन नलागेको बताएकी छिन्। आफ्नो उमेरका कैयौं साथीहरुको सम्बन्धविच्छेद देखेका कारण बिहे गर्न मन नलागेको उनको तर्क छ। उनले आफूसँग परिवार सम्हाल्ने समय नभएको बताइन्।