दाङ । दाङको तुलसीपुरबाट अपहरणमा परेका दाङका व्यवसायी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरणमा संलग्न अपहरणकारीको स्केच सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले अपहरणकारीको स्केच सार्वजनिक गर्दै उनीहरुको बारेमा सूचना दिने जो कोहीलाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा समेत गरेको छ।
गत शुक्रबारदेखि सम्पर्कबिहीन भएका व्यवसायीहरुको अपहरणमा संलग्नहरुको सूचना दिनेलाई उक्त पुरस्कारको व्यवस्था गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएका हुन्।
गत जेठ २६ गते बेलुकी करीव साढे ७ बजेतिर बा ११ च १०७१ नम्बरको आफ्नै निजी कार लिई सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा तत्काल प्रहरी परिचालन र आवश्यक खोजतलास भइरहेको विज्ञप्तिमा जनाइएको छ।
खोजतलासका क्रममा सल्यानको कपुरकोट गाउँपालिका-५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा एचपी ११८६४६ नम्बरको भारतीय गाडी र श्रेष्ठ चढेको गाडी फेला परेको विज्ञप्तिमा उल्लेख छ। गाडी फेला परेपछि फोटोमा देखाइएको हुलिया स्केच भएका अज्ञात ब्यक्तिहरुले राजकुमार श्रेष्ठ र रणबहादुर घर्तिलाई बलपूर्वक लिई गएको भन्ने बुझिएको प्रहरीले जनाएको छ। अपहरणमा परेका श्रेष्ठ र घर्ती शुक्रबारदेखि सम्पर्कबिहीन भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेपछि फेला प्रहरीले अझै फेला पार्न सकेको छैन्।