चर्चित गायिका अञ्जु पन्तले एक तला माथिबाट किन हामफालिन् ? (हेर्नुहोस् भिडियो)


काठमाडौं, ११ असार । चर्चित गायिका अञ्जु पन्तले आफु संगीतबिना बाँच्न नसक्ने बताएकी छन् । करिब एक वर्षअघि मिडिया एनपी टिभीसँग कुरा गर्दै गायिका पन्तले संगित विना आफू एकपटक मरेर बाँचेको र अब पनि बाँच्न नसक्ने बताइन् । ‘नविर्से तिमीलाई’, ‘तिमले पराई ठानेपछि,’ लगायतका गीत चर्चामा रहँदा आफू भने जीवन मरणको दोसाँधमा रहेको उनले सुनाइन् । ‘यी गीतहरु चर्चाको शिखर चुम्दै थिए । म भने मरौं की बाँचौको अवस्थामा थिँए,’ उनले भनिन्, ‘यो कुरा धेरैलाई थाह छैन । मेरो गला विस्तारै भासिँदै गयो । म गाउन नसक्ने अवस्थामा पुगेँ ।’ गला भासिएपछि बाँच्न मन नलाग्ने, रुन मात्रै मन लाग्ने गरेको उनले सुनाइन् । ‘हुने जति ओखती उपचार गरेँ । धामी झाँक्रिसम्म लगाँए,’ उनले थपिन्, ‘झन झन समस्या थिपैँदै गयो । त्यो बेलामा मलाई एक्लै छोड्नै हुँदैन थियो । म भागेर हिड्थे, हाम फालेर मरौं झै लाथ्यो । बाँच्नै इच्छा लाग्दैन थियो ।’ उनले गला अवरुद्ध भएको वियोगान्तमा एकतलाबाट हामफालेको समेत बताइन् ।