हरिवंशका कान्छा छोरा मोहितवंश आचार्यले गरे विवाह


काठमाडौं, १८ असार । कलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहितवंश आचार्यले काभ्रेकी विन्दु थापासँग विवाह गरेका छन् । शनिबार काभ्रेको धुलिखेलस्थित मिरावल रिसोर्टमा वैवाहिक समारोह सम्पन्न भएको हो ।



पाँच महिनाअघि नै मोहित र विन्दुबीच इन्गेजमेन्ट सम्पन्न भएको थियो । विन्दु काभ्रेका पत्रकार भोला थापाकी छोरी हुन् । कलाकार आचार्य काठमाडौंबाट जन्ती लिएर धुलिखेल पुगेका थिए । मोहितको जन्तीमा कलाकार मदनदास श्रेष्ठ, डा.उपेन्द्र महतो, डा.सन्दुक रुइतलगायत दर्जनौं थिए ।



केही समय कलाकारिता क्षेत्रमा लागेका मोहितवंश अहिले कुपन्डोलमा ब्रिक्स रेस्टुरेन्ट चलाउँछन् ।