एकाबिहानै नेपालमा ५.१ म्याग्नेच्युटको भूकम्प, ठुलो धक्का


१८ असार, काठमाडौं ।

ओखलढुंगा केन्द्र विन्दु भएर विहान ५.१ म्याग्नेच्युटको पराकम्प भएको छ । बिहान ७ बजे ४३ मिनेटमा पराकम्प गएको हो । यो पनि बैशाख १२ गतेको गोरखा भुकम्पको निरन्तरता स्वरुपको पराकम्प भएको खानी तथा भुगर्भ विभागले जनाएको छ ।

भुकम्पको धक्का पुर्वका धेरै ठाउँमा महसुस गरिएको थियो भने काठमाण्डौमा पनि धक्का महासुस गरिएको छ ।

बैशाख १२ गते यता अहिलेसम्म ४ म्याग्नेच्यूटभन्दा माथिका ४८३ पटक पराकम्प गइसकेको भुकम्प मापन केन्द्रले जनाएको छ ।