१७२ स्थानीय तहको नजिता सार्वजनिक, ८२ स्थानीय तह जित्दै एमाले पहिलो


काठमाडौं। स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ।  निर्वाचन आयोगका अनुसार आइतबार विहान नौ बजेसम्म १७२ स्थानीय तहको अन्तिम परिणाम घोषणा भइसकेको छ।

हालसम्म १५५ स्थानीय तहको मतगणना जारी रहेको र केही स्थानीय तहको मतगणना  भएकाले पुन संचालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

सार्वजनिक भएको १७२ स्थानीय तह मध्ये नेकपा एमालेले  ८२ स्थानमा जित हासिल गर्दै आफ्नो अग्रता कायम राखेको छ। एमालेले ५९ स्थानमा अग्रता लिएको छ।

यसैगरी नेपाली कांग्रेसले ६५ स्थानीय तहको जित हात पार्दै दोस्रो स्थानमा रहन सफल भएको छ। कांग्रेसले ५६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ। यसैगरी माओवादी केन्द्रले २४ स्थानमा जित दर्ता गराएको छ भने १४ स्थानमा अग्रता लिएको छ।

यसैगरी सात उपमहानगरपालिका मध्ये पाँच वटा उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको छ भने नेपाली कांग्रेसले दुई वटा र राप्रपाले एक उपमहानगरपालिकामा अग्रता लिएको छ।