सिन्धुली, १५ असार । सिन्धुलीको कमलामाई नगरपालिकास्थित बुक मा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमाडीमा उपचार भइरहेको छ ।
रामेछापको मन्थलीबाट महोत्तरीको बर्दिवास तर्फ गइरहेको ज १ च १२९४ नम्बरको मालबहाक गाडी बिहीबार अपरान्ह कमलामाईको बुर्का भन्ने स्थानमा दुर्घटना भएको हो ।
उक्त गाडीमा विद्यार्थीसहित अन्य यात्रुहरु सवार थिए । उक्त गाडी सडकबाट करिब एक सय मिटर तल खस्दा सो हताहती भएको हो ।