काबुल। गत हप्ता अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणमा परि ज्यान गुमाउनेको संख्या १ सय ५० पुगेको छ । राष्ट्रपति असरफ घानीले शान्ति स्थापनाको लागि बिभिन्न राष्ट्र सम्मिलित बैठकमा सो कुराको जानकारी गराएका हुन् ।
प्रारम्भिक रिपोर्टका अनुसार बम आक्रमणबाट ९० जना मारिएको बताइएको थियो । यो सन् २००१ पछि भएको सबैभन्दा ठुलो हिंसात्मक आक्रमण भएको बताइएको छ ।
पछिल्लो समय देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै घानी सरकारको चर्को आलोचना हुनु थालेको छ ।