कतारले अन्य मुस्लिम देशहरुसँगको कुटनितिक समस्या समाधानको लागि तयारी थालेको छ । आतंकवादलाई प्रसय दिएको ६ वटा देशहरुले कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको घोषणा गरेका थिए ।
छिमेकी साउदी अरब र युएइलगायतका देशले कतारसँगको हवाइमार्ग समेत बन्द गरेका छन् ।
कुवेत (जो पछिल्लो कुटनिटिक समस्यासँग जोडिएको छैन)ले वार्ताको लागि मध्यस्थता गर्ने बताइएको छ भने कुवेतको उक्त प्रस्ताव कतारले पनि सकारात्मक रुपमा लिएको बिबिसिले जनाएको छ ।
अलजजिरासँगको एक अन्तवार्ताको क्रममा कतारका विदेशमन्त्रीले कुवेतका एक कमान्डरले वार्ताको लागि मंगलबार साउदी अरब जाने बताएका छन् ।
६ मुलुक बहराइन साउदी अरब, यूएई, यमन, लिबिया र माल्दिभ्सले सोमबार कतारसँगको कुटुनितिक र राजनितिक सम्बन्ध बिच्छेदको घोषणा गरेका थिए ।
एजेन्सी
बहराइन, साउदी अरब र यूएईले कतारका जनतालाई दुई हप्ताभित्र आफ्नो देश छोड्न आदेश दिएको छ भने आफ्ना नागरिकलाई कतार प्रवेश नगर्न पनि निर्देशन दिएको छ ।






