बाघचौर: सल्यानको ढौरचौरमा दूध बोक्ने पिकअप भ्यानले १० वर्षीय बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ। ए १ च १५४१ नम्बरको टिपरले ढौरतौल गाउँपालिका वडा नम्बर १को मोखला बजारमा ठक्कर दिएको हो।
बालकको मृत्यु भएपछि पीडित परिवार र स्थानीयले दिउँसो २ बजेदेखि सडक ठप्प पारेका छन्। उनीहरुले भ्यानमा डेरीका लागि ल्याइएको दूधका प्याकेट फ्याँकिदिएका छन् भने पीकअप भ्यानमा आगो लगाइ दिएका छन्। चालक प्रहरीमा भागेर ज्यान बचाएका छन्।
पीडित परिवार र यातायात व्यावसायीबीच समन्वय गर्नका लागि पहल गरिरहेको प्रहरीले जनाएको छ।






