पाल्पामा दुईवटा बस अपसमा जुधेर दुर्घटना


पाल्पा। जिल्लाको सिद्धार्थ राजमार्ग अन्तर्गत लामडाँडामा दुईअोट बस आपसमा जुधेका छन्। उक्त दुर्घटनामा ७ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनालाई गम्भीर चोट लागेको छ।

आइतबार बिहान विपरित दिशातर्फ गुडेका दुई बस तानसेन बजार देखि पाँच करिव ७ किलोमिटर टाढा पर्ने लामडाँडाको घुम्तीमा जुधेका जिल्ला प्रहरी कार्यालय पालपाको सूचना शाखाले जानकारी दियो। ‘दुर्घटनामा केही यात्रु सामान्य घाइते छन्, उनीहरूलाई लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।’ सूचना शाखाका प्रहरीले जानकारी दिए।

ना ४ ख ६७७० नम्बरको ब सर लु १ ख ७१३० नम्बरको बस आपसमा जुधेका हुन्। दुर्घटना पछि केहीबेर पाल्पा-बुटवल सडक खण्डको यो क्षेत्रमा गुड्ने सवारीहरूको आवागमन रोकिएको थियो।