चितवन। जिल्लाको भरतपुर महानगरपालिका ११ बसेनी गुम्बाथान नजिकै बस दुर्घटना भएको छ। गएको राति साढे १ बजे ना ५ ख ३०९९ नम्बरको बस पल्टिदा ६ जना यात्रु घाइते भएका छन्।
दुर्घटनामा बसमा सवार अन्दाजी ३५ जना यात्रुमध्ये ६ जना घाइते भएका हुन्। घाइतेमध्ये बारा पथरौता बेनौलीका ७५ वर्षीय जवरेज महराको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ भने अन्य ५ जनाको जिल्ला अस्पताल भरतपुरमा उपचार भैरहेको उपत्यका महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको चितवन प्रहरीले जनाएको छ। दुर्घटना पश्चात फरार रहेका बस चालकको खोजी भैरहेको छ।