काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट शंकास्पद व्यक्ति पक्राउ परेका छन्। दुबई एअरलाइन्सको उडानद्वारा दुबईबाट आएका बागलुङ रायडाँडाका २७ वर्षीय राजु हरिजनसहित सामान लिन आएका व्यक्ति पक्राउ परेका हुन्।
एयरपोर्टमा राजुसँग सामान रिसिभ गर्दै गरेको अवस्थामा काठमाडौं चावहिल बस्ने खोटाङ मसुवागढीका ४५ वर्षीय लक्ष्मी आचार्य र काठमाडौं बौद्ध बस्ने दोलखा, जिरी नगरपालिका–३ का १९ वर्षीय रोशन बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुनजस्तो देखिने पहेंको धातु करीव १ सय २० ग्राम, ल्यापटप ४ थान, आइफोन ६ थान र मोवाइल २ थान सहित बिहिबार तीनै जानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ