अमेरिकी सिनेटरको गोली हानी हत्या


न्युयोर्क : संयुक्त राज्य अमेरिकामा बुधवार त्यहाँको सिनेटका वरिष्ठ सिनेटरलाई गोली हानी हत्या गरिएको छ । अमेरिकी सिनेटका मजोर्टी विप स्टिभ स्कलिसलाई गोली प्रहार गरिएको थियो । स्कलिस भर्जिनियामा बेसबल अभ्यास गरिरहेका थिए । उनी लुजियाना निवासी हुन् ।
उनी रिपब्लिकन पार्टीका तेस्रा वरीयताका नेता हुन् । स्कलिसलाई जर्ज वासिङटन युनिभर्सिटी अस्पतालमा चर्ना गरिएको छ । सिनेटर मो ब्रुक्स, आर अलाले त्यस घटनामा अन्य दुई अधिकारी पनि घाइते भएको जानकारी दिएका छन् । ५१ वर्षीय स्कलिसलाई पछाडिबाट गोली लागेको थियो । त्यसलगत्तै उनी भुइँमा लडेका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटना निकै दुःखद भएको बताएका छन् । त्यस क्षेत्रमा आक्रमणकारीको खोजी भइरहेको उनले जानकारी दिएका छन् । स्कलिस सन् २००ड मा पहिलोपटक सिनेटर भएका थिए । सिनेटर जेफ डंकनले स्कलिसले आक्रमणकारीलाई देखेको जानकारी दिएका छन् । आक्रमणमा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरएको छ ।