दार्जिलिङमा प्रहरीको गोली लागेर तीन जनाको गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताको मृत्यु


काठमाडौँ । अलग गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले शुरू गरेको आन्दोलनमा प्रहरीको गोली लागि गोर्खा जनमुक्ति मोर्चाका   तीन कार्यकर्ताको मृत्यु भएको छ ।
सिहंमारीमा पुलिस र मोर्चाका कार्यकर्ता बीच झडप हुँदा पुलिसको गोली लागि  गोक बस्तीका विमल शङ्कर, कैंजलेका सुनिल राई मृत्यु भएको छ । मोर्चाका दुइजना कार्यकर्ताहरूलाई पुलिसको गोली लागि घटनास्थलमै एक जनाको उपचारका लागि सिलगढी लाँदैगर्दा मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ ।
गोर्खा जनमुक्ति मोर्चाको कार्यलयमा कुनै सूचना नदिइ बङ्गाल प्रहरीले छापा मारेपछि दार्जीलिङ झन अशान्त बनेको हो।