ओरालो लाग्यो सुनको मुल्य, थाहा पाउनुहोस आजको भाउ


काठमाडौं– आज सुनको भाउ सोमबार एकसयरुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक सय रुपैयाँ घटेर प्रति तोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।


अघिल्लो दिन सुन तोलाको ५४ हजार ५ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदी भाउ पनि प्रति तोला ५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।