बर्दिया : पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दियाको बासगढी नगरपालिका वडानम्वर ५ स्थित बासगढी चोक बजारमा रहेको प्रहरी बिटनजिकै शंकास्पद प्रेसर कुकर भेटिएको छ।
कपडाको झोलामा राखिएको अवस्थामा ५ लिटरको नयाँ प्रेसर कुकर भेटिएको प्रहरीले जानकारी दिएको छ । स्थानीयका अनुसार सो क्षेत्र प्रहरी घेरा हाली सुरक्षित राखेको छ । बासगढी बजारको मुटुमै शंकास्पद प्रेसर कुकर भेटिएपछि सवारी साधन चल्न समेत रोक लगाइएको छ । राजमार्गमा गुड्ने सवारी साधन वैकल्पिक मार्गको प्रयोग गरेको स्थानीय हुमनाथ पौडेलले जानकारी दिनुभयो।






