जोगबनीमा रेलले किचेर तीन नेपालीको मृत्यु


विराटनगर : भारतीय रेलले किचेर विराटनगर सिमावर्ती क्षेत्रमा तीन नोपलीको मृत्यु भएको छ । तीव्र गतिको रेलले किचेर मोरङ कदमाहाका २५ वर्षीय रमेश शर्मा, १६ वर्षीय राजु ऋषिदेव र रधनुषा मडारीका २६ वर्षीय विनोद यादव छन् ।
मंगलबार राति साढे ८ बजेतिर जोगबनीबाट दुई सय मिटर दक्षिणको १७ प ३६९३ नम्बरको मोटरसाइकलबाट रेल्वे लिकक्रस गर्न खोज्दा रेलले उनीहरुलाई मोटरसाइकलसहित किचेको थियो ।
सीमा प्रहरी कार्यालय रानी जोगबनीका प्रहरी नायब निरीक्षक (सई) फिोरज चौधरीले भन्नुभयो,‘तीव्र गतिमा आएको रेल आई नपुग्दै मोटरसाइकलले लिक कटिन्छ भन्ने सोचेर मोटरसाइकल गुडाउँदा घटना भएको अनुमान छ ।’ चौधरीले तीनै जनाको शव भारत अररियास्थित अस्पतालमा राखिएको र नेपालतर्फ बाट परिवारजन पुगेपछि बुझाउने तयारी गरिएको जानकारी दिनुभयो ।
नेपालीयुवा सवार मोटरसाइकललाई जोगबनबाट कटिहारतर्फ गई रहेको ५५४२ नम्बरको रेलले ठक्कर दिएको थियो । ती युवा जोगबनी के कति कारणले गएका थिए भन्ने खुल्न बाँकी रहेको सई चौधरीले बताउनु भयो ।