सिसीटिभि पनि छाडेनन् चोरले, ३५ लाखसँगै उडाए उपकरण


काठमाडौं। राजधानीमा चोरीका घटना बढेका छन्। चोरले धनमालसँगै सिसिटिभिका उपकरण समेत उठाएको एक घटना सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी स्थित ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका दिपक थापा मगरले सञ्चालन गरेको एभर ट्रष्ट सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा चोरी भएको छ। झ्यालको ग्रिल निकालेर कार्यालयमा रहेको नगद ३५ लाख ३३ हजार ५ सय ८० रुपैयाँ चोरी भाएको प्रहरीले जनाएको छ। एक थान ल्यापटप र सिसिटिभीको भिसिआर समेत चोरले लगेका छन्।

फररा चोरहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।