काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली कामदारलाई कुनै समस्या नरहेको बताएका छन् । कतारमा ४ लाख नेपाली कामदारको रुपमा रहँदै आएका छन् ।
कतारमा रहेका नेपाली राजदुतसँग पटक पटक सम्पर्क गर्दै आएको उनले बताए । कतारको पछिल्लो अवस्थाबारे आफूले प्रधानमन्त्री देउवालाई समेत प्रभावकारी रुपमा व्रिफिङ गरेको उनले जानकारी दिए ।
कतारमा विकसित पछिल्लो स्थिति र त्यसले नेपालीको रोजगार र पेशा व्यवसायमा के कति असर गरेको छ ? यसबारेमा सोध्दा राजदूतले 'नेपालीलाई केही फरक पार्दैन, कतार आफैमा दक्ष र सक्षम छ भनेर जवाफ दिनुभएको छ । कतारले पनि अन्य असन्तुष्ट मुलुकसँग वार्ता गरिरहेको छ, चाँडै समस्या समाधान हुने कुरा बुझिएको छ।’