दमक : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष एवम् पूर्वप्धानमन्त्री केपी ओलीका चुड्किलाले देशको समृद्धिको नहुने बताउनु भएको छ। ओलीकै गृहनगरमा आएर भट्टराईले ओलीका चुड्किलाले मात्र देश विकाश नहुने बताउनु भएको हो। भट्टराईले ओलीलाई चुड्किला भनेर भ्रमको खेती नर्गन समेत सुझाव दिनुभयो। ‘केपी ओलीजी हास्य कलाकार भन्दा कम हुनुहुन्न, उहाँले यो संमृद्धिको नारालाई पनि उखान टुक्का बनाई सक्नुभयो, यसरी देशको विकास हुँदैन,’ उहाँले भन्नुभयो। संघीय समाजवादी फोरम र नयाँ शक्तिले झापाको दमकमा गरेको संयुक्त चुनावी सभामा बाल्दै भट्टराईले प्रमुख तीन दलले देश विकास गर्न नसक्ने दाबी गर्नु भएको छ। ‘कांग्रेस र एमालेले दुई दशक सत्ता चलाउदा खोई देशको विकास ? माओवादी त अब खाओवादी नै भइसक्यो’, भट्टराईले भन्नुभयो, ‘यी ठूला दलले देशको विकास कुनै पनि हालतमा गर्न सक्दैनन्’। ठूला दलका नेता भ्रष्टचारमा लिप्त भएको आरोप भट्टराईले लगाउनु भएको छ। ठूला दलका नेताहरुले नेपालका खोलानाला सबै बेचेको बताउदै भोट नहाल्न जनता समक्ष आग्रह गर्नुभयो। माओवादी केन्द्र पहिला ठिकै भए पनि कांग्रेस र एमालेकोपछि लागेर भ्रष्ट भइसकेको भट्टराईको आरोप छ। बुढीगण्की जल विद्युत आयोजना विदेशीलाई बनाउन दिएर माओवादीले पनि खरबौँ रकम भ्रष्टचार गरेको आरोप भट्टराईले लगाउनु भएको छ। भट्टराईले अहिलेको प्रदेशिक संरचनानले पहिचानवादीको भावनालाई समेट्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले अबको देशको वैकल्पिक शक्ति भनेको नयाँ शक्तिनै रहेको समेत दाबी गर्नु भएको छ। दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नयाशक्ति नेपालका संयोजक बाबुराम भट्टराई।






