सातदोवाटोमा युवतीहरु बिच ग्याङ फाइट एक युवती माथि छुरा प्रहार


ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ ।पुरानो विवादको कारण कोपिला गिरी र सलिना राई समूहबिच झगडा भएको बताइएको छ ।


सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि खुकुरी प्रहार गरेपछि घाइते भएकी उनको सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।उनको अवस्था बोल्न नसक्ने र गँभीर भएको बताइएको छ ।

घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । भने फरार भएकाहरुको पनि खोजी कार्य भइरहेको बताइएको छ ।