दिउँसोको समयमा त्यहाँ निकै घाम चर्किने भएकाले कामदारको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुल्ला आकाशमुनि काम गर्न नपाउने नियम लागु गरेको हो।
साउदीको श्रम तथा सामाजिक सन्त्रालयका अनुसार यो नियम जुन १५ देखि लागु हुने छ। उक्त समयमा गर्मि धेरै हुने भएकाले कामदारको स्वास्थ्यमा गम्भिर असर पर्ने हुँदा यस्तो नियम लागु गरिएको मन्त्रालयको भनाइ छ।






