दाङको तुलसीपुरमा बुधबार बिहान जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ च ७६०० नम्बरको जीप तुलसीपुर–३ हर्नेटी भन्ने ठाउँमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा सल्यान झिम्पे का ४९ बर्षीय हरि केसी र तुलसीपुर–३ का ३८ बर्षीय हेमराज खनाल गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
गम्भीर घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले बताए।
प्रहरीका अनुसार दुर्घटनामा सल्यान शारदा नगरपालिका–६ का १८ बर्षीय शुक विष्ट र जीप चालक वालकृष्ण खड्का सामान्य घाइते भएका छन्। विष्टको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको र चालक खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






