एनएचआरसीले दियो कतारलाई साथ, 'जबर्जस्ती एक्ल्याउनु मानव अधिकारको हनन'


काठमाडौँ । कतारको राष्ट्रिय मानव अधिकार समिति एनएचआरसीले साउदी अरब, बहराइन, र युएईले आफ्ना नागरीकलाई दोहा छाड्न लगाएर मानवअधिकारको हनन गरेको जनाएको छ। 

ती देशका ११ हजार ३ सय ३८ नागरीक कतारमा बसोबास गर्दै आएका छन्।

कतारसँग कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि ती देशले आफ्ना नागरीकलाई १४ दिनभित्र दोहा छाड्न निर्देशन दिएका थियो। साउदी, वहराइन र युएई लगायत देशले कतारको क्षेत्रिय अस्थिर कायम गर्न आतंकवादलाई आर्थिक सहयोग गरेको भन्दै सोमबारबाट कुटनीतिक सम्बन्ध विच्छेद गर्दै हवाई, जल र स्थलमार्ग समेत बन्द गरेका थिए। 

कतारले ती देशले लगाएको आरोप आधारहीन र प्रमाणीत गर्न नसक्ने जनाएको छ। ती देशले कतारी नागरीकलाई पनि १४ दिनभित्र आफ्ना देश छाड्न निर्देशन दिएका छन्। कतारले साउदीमा रहेका आफ्ना नागरीकलाई ओमनबाट विमान चार्टर गरी ल्याइरहेको छ। कतारले तीन देशमा बस्ने आफ्ना नागरीकको संख्या भने सार्वजनिक गरेको छैन। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।