बसको ठक्करबाट बुटवलको रुपन्देहीमा दुई जनाको मृत्यु


बुटवल :  रुपन्देहीको सैनामैनामा गएराति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवहाक बसले विपरीत दिसातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्करदिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
बसको ठक्करबाट सैनामैना–६, दुधराक्षका २३ वर्षीया युवराज घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएकी गुल्मी मदाने–१, अग्लुङकी २९ वर्षीया सीता चन्दको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको मुर्गिया प्रहरी चौकीले जानकारी दिएको छ ।
मोटरसाइकललाई ठक्करदिने बस चालक रुकुमका युवराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।