काठमाडौं । छिमेकी देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ।
गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिनअघि ४६२ जनाले कतारका लागि श्रमस्वीकृति लिएकोमा सोमबार दिउँसोसम्म एक सय जनाले मात्र लिएका थिए।
एक साताअघि साउदी अरब, बहराइन, यूएई, यमन, लिबिया र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि त्यसको असर नेपालबाट कतार जाने नेपालीमा पनि देखिएको छ। आजको कारोबार दैनिकले खबर छापेको छ।