नाकाबन्दी गर्ने देशको १३ बुँदे प्रस्ताव कतारद्वारा अस्विकार दियो थप यस्तो चेतावनी !


काठमाडौं । साउदी अरबसहितका राष्ट्रले १३ बुँदे माग पूरा गर्न गरेको प्रस्ताव कतारले अस्वीकार गरेको छ ।

१३ बुँदे माग पूरा गरे जारी नाकाबन्दी र प्रतिबन्ध फुकुवा गर्न सकिने भन्दै युएई, साउदी, बहराइन र इजिप्टले गरेको प्रस्ताव कतारले अस्वीकार गरेको हो ।

कतारका बिदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले उनिहरुको माग पूरा गर्न पनि नसकिने र जारी प्रतिबन्ध पनि योग्य नभएको प्रतिक्रिया दिनुभएको बिबिसीले जनाएको छ ।

यद्धपि नाकाबन्दी लगाउने साउदीसहितका राष्ट्रले अघि सारेको १३ बुँदे मागबारे कतार सरकारले छलफल गरिरहेको समाचारमा उल्लेख छ ।

यसैबीच आतंकवादलाई प्रश्रय दिएको भन्दै कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छिमेकी राष्ट्रहरुले आफुहरुले राखेका १३ बुँदे माग पुरा नभए कतारसँग सँधैका लागि सम्बन्ध तोड्ने चेतावनी दिएको अरब न्युजले लेखेको छ ।