अफगानिस्तानको एक सैनिकद्वारा गठबन्धन सेनाका दुई अमेरिकी अधिकारीमाथि शनिबार गोली प्रहार गरी हत्या गरेका अफगानी सुरक्षा स्रोतले जनाएको छ।
इस्लामिक स्टेट आइएस समूहको प्रभाव क्षेत्र नान्गाहार प्रान्तमा कार्यरत संयुक्त सैन्य कारबाहीका लागि तैनाथ गरिएको सो सैनिक समूहका एक सहयोद्धाबाट अचिन जिल्लामा आक्रमण हुँदा दुईजना अमेरिकी सेनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्, नान्गाहार प्रानतका प्रवक्ता प्रवक्ता अतोल्लाह खगोनीले बताए।
घटनापछि आफ्नै सहकर्मीमाथि आक्रमण गर्ने आक्रमणकारी अफगानी सेनाको पनि जवाफी कारबाहीमा मृत्यु भएको खगोनीले बताए।